Logo

ट्रकमा स्कुटर ठोक्किँदा दुई जनाको गयो ज्यान

                     
Logo ९ फाल्गुन २०७७, आईतवार ०८:०५    

उर्लाबारी

फागुन ९ गते ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत शनिबार राति मोरङको उर्लाबारी नगरपालिका–४ भद्रमारीमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो ।

अगाडि रहेको गाडीलाई ओभरटेक गरिरहेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका दुवै जनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

दुर्घटनामा स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ट्रकको पनि अगाडिको भागमा क्षति पुगेको छ । ट्रक चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाल र ट्रक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?