Logo

अपहरणमा बालककोे उद्धार , बालकका बुवा र मामा पक्राउ

                     
Logo ९ फाल्गुन २०७७, आईतवार ०८:३९    

जनकपुर

फाल्गुण ९ गते ।

जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामको एक होटलबाट शनिबार राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

धनुषाबाट अपहरणमा बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा उनका दुई जना मामा पक्राउ परेका छन् ।

बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?