कञ्चनरुप


फल्गुण ९ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहको अखिल नेपाल महिला संघले प्रतिगमन तथा महिला हिंशा बिरुद्ध सप्तरीको राजबिराजमा बिरोध प्रदर्शन गरेका छन् ।

संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महिला नेतृहरुले देशमा बलात्कारका घट्ना बढिरहँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको आरोप लगाए ।
महिला नेतृ उषा पोखरेल, प्रदेश सांसदहरु रुबी कर्ण, अनिता यादवसहितकाले हत्या, हिंसा र बलात्कारका घटनामा संलग्नलाई सरकारले लुकाउने गरेको आरोप लगाइन् ।
संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग गरिएको प्लेकार्ड बोकेका थिए ।













