राजविराज


फागुन ९ गते ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडैलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसेर आन्दोलनको धम्की दिनु हस्यापद भएको बताउँदै हिम्मत भए सत्ता छोडर आन्दोलनमा आउन चुनौती दिए

राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले प्रजातन्त्रको लागी ओली खतरा भएको र ओलीको तानाशाहबाट देशलाई बचाउन अपिल गरे । ‘सत्तामा बसेर आन्दोलन गर्छु भन्न मिल्छ ?’ प्रश्न गर्दै उनले भने ‘संसदको पुनस्र्थापना हुन्छ भने ओली सकिन्छ, त्यसैले अब न्यायालयलाई धम्की दिन थालेको छ ।’ संविधानमा नभएको धारा प्रयोग गरेर ओलीले संसद विघट्न गरेको प्रष्टयाए ।
मधेश सम्मान यात्रको क्रममा राजविराज आईपुगेका पौडेलले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नमा आफ्नो पार्टी विश्वस्थ रहेको बताए । संविधानको कुनै पनि धारामा संसद विघट्नको प्रावधान उल्लेख नरहेको बताउँदै उनले सर्वोच्च अदालतले पनि त्यही संविधानको धारा पढेर फैसला गर्ने विश्वास व्यक्त गरे ।
संसद पुर्नस्थापनाको अर्को कुनै विकल्प नभएको र पुर्नस्थापना नभए देश अस्थिरतामा जाने तर्क राखे । उनले नेपाली काँग्रेसको विश्वास न्यायालय माथि रहेकाले अहिले ठूलो आन्दोलनको घोषणा नगरेको स्पष्ट पारे ।
सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादव, अधिवक्ता हेमनारायण चौधरी र पूर्व साँसद तेजुलाल चौधरी सहितकाले देशको वर्तमान परिस्थिती बारे धारणा राखेका थिए ।












