काठमाडौं ।


सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा परेका रिटमाथि माघ ५ देखि संवैधानिक इजलासमा एक महिनाभन्दा लामो समय सुनुवाइ भएको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतले एमिकस क्युरीको समेत राय लिएको थियो ।












