कन्चनरुप


फाल्गुन १६ गते ।
नेपाल पत्रकार महासंघको आगमी निर्वाचनको लागि अन्य पत्रकार समबद्ध संगठन संग समन्वय तथा सहकार्य गर्न ७ सदस्यीय समिति गर्दै नेपाल प्रेस युनियन शाखा सप्तरीको आईतबार राजविराजमा बृहत बैठक सम्पन्न भएको छ ।

समन्वय तथा सहकार्य समितिमा युनियनका मुरलीप्रसाद यादव, धीरेन्द्र प्रसाद साह, गणेशलाल देव , मनोजकुमार माझी, अर्जुन प्रसाद साह, शम्भुलाल देव र शिवनारायण साह रहेका छन् ।
युनियनका अध्यक्ष श्रवण कुमार देवका अनुसार समितिले महासंघकोआगामी निर्वाचन विषयमा अन्य संगठनसँग समन्वय तथा सहकार्य गरी युनियनको नेतृत्वमा चुनावमा जान आवश्यक धारणा सहितको निर्णय गरेको छ ।
पत्रकार महासंघ सबैको छाता संगठन भएकोले सबै संगठन मिलेर महासंघको चुनावमा जाँदा उपयुक्त हुने समन्वय तथा सहकार्य समितिका सदस्य धीरेन्द्र प्रसाद साहले जानकारी दिए












