याई के गुप्ता


कन्चनरुप१६ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित कोशी नदीमा आज एक वेवारिसे शव फेला परेको छ ।

नदीमा बगेर आएको करिब ३२ वर्षीय पुरुषको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार अनुहार र शरीरको अन्य केही भाग गलिसकेको छ । ‘शवको प्रकृति हेर्दा अनुहार र अन्य भागहरु गलिसकेको छ’ उनले भने–‘हालसम्म पहिचान हुन सकेको छैन् भने शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइकेका छौं ।’
शवबारे थप अनुसन्धान भइरहेको एसपी धमलाले बताए ।












