कञ्चनरुप


१७ फागुन ।
सप्तरीको सप्तकोसी नगरपालिकामा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर डेढ करोड रुपैयाँ भ्रष्टाचार गरेको र नगरपालिका भ्रष्टाचारको ‘अखडा’ बन्दै गएको भन्दै जनप्रतिनिधिसहितका चार वटा राजनितिक दलले संयुक्त रुपमा आन्दोलन आरोप लगाउँदै उनीहरु आन्दोलित भएका छन ।

नगरपालिकाले सम्पूृर्ण वडा अध्यक्ष को विरोद्ध वाजुत पनि टिएलएम शिक्षकहरुको परीक्षा लिएको छ । नगर प्रमुखले कोभिड–१९ महामारीको बेला एक करोड रुपैयाँ र प्रदेशबाट आएको २० लाख रुपैयाँ अनियमितता गरेको उनीहरुको आरोप छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नगरस्तरीय नेताहरुले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएका छन् ।
वडा नं. १ का अध्यक्ष नारायण आचार्य सहित ८ वटै वडा अध्यक्षले टिएलएम शिक्षकहरु आफ्ना कार्यकर्ता तथा नाताकोतालाई भर्ति गर्न लागी पुराना टिएलएम शिक्षकहरुको म्याद थप नगरि परीक्षा बाहाना बनाएको भन्दै परिक्षा संचालहुने परिक्षा हलमा ताला लगाएका थिए ।
आचार्यका अनुसार विज्ञापन विनै कर्मचारीहरु नियुक्ती गरिएको र शिक्षक नियुक्तीमा पनि आर्थिक चलखेल गरेर भर्ना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘कोभिड–१९ को बेला अढाई करोडमध्ये १ करोडबढी रुपैयाँ अनियमितता भएको छ’ उनले भने–‘त्यसपछि पनि प्रदेशबाट आएको २० लाखको हरहिसाव छैन्, हरहिसाब खोज्दा दिनैं मान्दैनन् ।’
परीक्षा हलमा तालाबन्दी पछि पत्रकार सम्मेलनको आयोजना गर्दै दलहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू खुशि आफन्त लाई नियुक्ति गर्ने गरेकोले बिगतमा भएको गणकको परीक्षा रद्ध गरि पुन गर्नु पर्ने र नगरपालिकामा कर्मचारी नियुक्ति गर्दा कार्यपालिकाको बैठक नै नबसि बिधि प्रक्रिया मिचेर भएका सबै प्रकारका नियुक्तिहरु खारेज गरि बिधिसम्मत पारदर्शी तरिकाबाट कर्मचारी भर्ना नगरि कसैलाई थाहा नदिइ आफन्त र कर्मचारीका छोरी श्रीमतीलाई नियुक्ति गर्न खोजिएको ले परीक्षा हलमा तालाबन्दी गरिएको सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले पत्रकार सम्मेलन मार्फात जानकारी गराएका थिए ।
विभिन्न ९ बुधे माग राख्दै सप्तकोसी नगरपालिकाका ८ वटा वडा अध्यक्षहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउदा समेत नगर प्रमुखले वेवास्त गरि जबर्जस्ति परीक्षा शुरु गर्न लागेकोले परीक्षा हलमा तालाबन्दी गरिएको जसपाका नगर अध्यक्ष रामकुमार यादबले बताए ।
राप्रपाका नगर अध्यक्ष जयराम ढुंगानाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफू खुशि आफन्तलाई नगरपालिकामा कर्मचारी नियुक्ति गरेकोले बाध्य भएर आफूहरुले तालाबन्दी गरेको बताए ।
नगर प्रमुख उत्तम कुमार शर्माले राजनितिक विवादका कारण आफुमाथि अनियमितताको आरोप लागेको प्रतिक्रिया दिए । ‘केन्द्रमा नेकपाबीच देखिएको राजनितिक विवादले यो सबै भइरहेको छ’ उनले भने–‘शिक्षक नियुक्त गर्न विभन्न संञ्चार माध्यममा विज्ञापन भएको उललेख गरे । नगर प्रकुख नेकपा ओली समूह निकट छन












