कञ्चनरुप


फाल्गुन १७ गते ।
राजविराजमा स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एक महिलालाई पक्राउ गरिएको छ । बोर्डर आउट पोष्ट (बीओपी) तिलाठीबाट गस्तीमा खटिएको टोलीले स्रोत नखुलेको नगदसहित एक महिलालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ की ५५ वर्षीया गीतादेवी महतो भएको प्रहरीले जानकारी दिएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको तीन लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभएको छ । उनलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको । श्रेष्ठको भनाइ छ ।
यसअघि फागुन ११ गते पनि प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित छिन्नमस्ता गाउँपालिकाकै ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासलाई पक्राउ गरेको थियो ।












