कञ्चनरुप


फाल्गुन १८ गते ।
१११ अौं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनरुप नगरपालिकाले नगर स्तरीय बक्तृत्वकाला प्रतियोगीता गरेको छ ।

कञ्चनरुप नगरपालिका स्तरीय माध्यमीक विद्यायका बालवालिकारुको क्षमता बढाउने उद्देश्यले अन्तराष्ट्रिय महिला दिवसको आवसमा महिला सुरक्षा र रोजगार समृद्ध नेपालको आधार भन्ने विषयमा बक्तृत्वकाला प्रतियोगिता गरेको महिला तथा वालवालिका शाखा अभिकृत सुसिला चौधरीले जनाईन ।
प्रतियोगितामा नगरका विभिन्न माध्यमिक विद्यालयका १२ जना वाललालिकाले भाग लिएका थिए ।
प्रतियोगितामा शंकरमावि रुपनगरकी छात्रा अग्रता खड्का प्रथम भईन भने शंकरमावि सुब्बाटोलकी प्रतिभा यादव दोश्रो भईन भने तेश्रो हुनेमा सरोज सरदार शंकरमावि सुब्बाटोल छात्र हुन । 
नगर प्रमुख बसन्तकुमरको प्रमुख आत्थ्यिमा सम्पनन कार्यक्रमको अत्तयक्षता १२ नं. वडा अध्यक्ष देव हादुर खत्रीले गरेका थिए भने १११ अौं अन्तराष्ट्रिय महिला दिवसको आयोजक समाहोरको प्रमुखमा नगर उप—प्रमुख रहनु भएको बताईएको छ ।
कार्यक्रमा शिक्षा शाखाका ललित यादव , महिला अधिकार कर्मी सविता न्यौपाने, शंकर मावि रुपनष्रका प्रअ गंंगा प्रसाद साह , लगाउत नगरका अन्या माविका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो । बक्तृत्वकाला प्रतियोगीता प्रथम दोश्रो तेश्रो हुने वाल वालिकालाई १११ आंंै अन्तराष्ट्रिय महिला दिवसको दिन अर्थात फाल्गुन २४ गते प्रदान गरीने जनाइएको छ ।












