Logo

अविस्वासको प्रस्तावमाथी कांग्रेसको समर्थन गर्नुपर्छ :डा.कोईराला

                     
Logo २१ फाल्गुन २०७७, शुक्रबार १९:४२    

कञ्चनरुप ।

फाल्गुण २१ गते

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले ‘प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसदमा ल्याईने अविस्वासको प्रस्तावको नेपाली कांग्रेसले समर्थन गर्नुपर्ने बताउन भएको छ ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित तृप्ति नारायण मेमोरियल अस्पतालको उदघाटन गर्दै डा. कोईरालाले बताउन भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली माथि अविस्वाशको प्रस्ताव ल्याउनु पूर्व नै भावि प्रधानमन्त्रीको निर्णय हुनुपर्ने उहाँले भन्नुभयो ।

देश अप्ठयारो अवस्थाबाट गुज्री रहेको र दुई कम्युनिष्ट पार्टी फुटेको जस्तो न फुटेको जस्तो अवस्थामा रहेका बेला सरकार निमार्णको साँचो कांग्रेससंग रहेको भन्दै कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा अध्यक्षद्वय मध्ये को प्रधानमन्त्री हुने हो त्यसको पनि निर्णय पहिले नै गर्नुपर्छ’ ।

शिलान्यास भएको झण्डै १८ वर्ष पछि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा काँन, नाक र घाटीे सम्बन्धि अस्पताल संचालनमा आएको छ ।

साविकको तिलाठी गाउँ विकास समिति र हालको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ को तिलाठी गाउँमा शुक्रबार देखि विधिवत रुपमा सो अस्पताल संचालनमा आएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका तिलाठी निवासी डा. अनिल कुमार झाको अगुवाईमाा त्यहाँ १८ वर्ष अघि तृप्ती नारायण मेमोरियल ई.एन टी अस्पतालको शिलान्यास भएको थियो । त्यती बेला त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा कार्यरत डा. शंशाक कोईरालाले अस्पतालको शिलान्यास गर्नुभएका थियोे ।

तिलाठी कोईलाठी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष दिनेश्वर मिश्रले अस्पताल संचालनमा सहयोग पु¥याउन आफ्नो तर्फबाट १ लाख ५१ हजार नगद सहयोगको घोषणा गर्नुभयो ।

अस्पतालका जग्गादाता र अस्पताल निर्माणमा सहयोग पु¥याउने प्रो. डा. शैलेन्द्र कुमार झा, सुगान्द झा, रबिनाथ झा, सैलेश कुमार झा र रविकान्त झालाई नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोईरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?