कञ्चनरुप


फल्गुन २२ गते ।
भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले सप्तरीमा देवसुन्दर यादव प्रथम राष्ट्रिय पुरा भएको बर्ताका छन ।

जिल्ला भारोतोलन संघ सप्तरीले शनिबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गरी ‘देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता यहि फाल्गुन २९ गते देखि राजविराजमा हुने जानकारी दिदै खेल तालिका समेत सार्वजनिक गरेको छ ।
भारोतोलन संघ अध्यक्ष यादवले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सातवटै प्रदेश संगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमको समेत सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा कुल १ सय २५ खेलाडी सहभागी रहने महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए ।
प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानिय तह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु)ले उद्घाटन गर्ने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।












