Logo

नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित

                     
Logo २३ फाल्गुन २०७७, आईतवार ०७:३७    

काठमाडौं,

फागुन २३ गते ।

राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएपछि पहिलो बैठक आज बस्न लागेको हो । संसद् बैठक अपराह्न ४ बजे बस्दैछ ।

नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् । तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट


लोकप्रिय छुटाउनुभयो कि ?