कञ्चनरुप


फागुन २३ गते ।
सप्तरीको १८ वटै स्थानियतहहरुमा कोभिड–१९ रोग विरुद्धको जेष्ठ नागरिकहरुलाई गाउने अभियान आज (आइतबार)देखि संचालन हुदैछ ।

अभियान अन्तर्गत फागुन २३ र २४ गते दुईदिन जिल्लाको ९ वटा स्थानिय तहमाका जेष्ठ नागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाईने भएको छ ।
छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बरसाईन नगरपालिका, बलान विहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका, खडक नागरपालिका, सुरुङ्गा नगरपालिका र शम्भुनाथ नगरपालिकामा खोप लगाईने स्वास्थय कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी फागुन २८ र २९ गते बाँकी रहेका ९ वटा स्थानिय तहमा खोप लगाईने समेत जानकारी दिए । दोस्रो चरणमा राजविराज नगरपालिका, हुनमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, अग्निसाईर कृष्णा सावरण गाउँपालिका, महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिकामा संचालन हुने छ ।
कोभिड विरुद्धको खोप अभियानमा ६५ बर्ष भन्दा माथिको जेष्ठ नागरिकलाई वडा स्थित स्वास्थ्य केन्द्रमा खोप लगाउने छ भने जिल्ला भरीका ३१ हजार ४ सय ८२ जना जेष्ठ नागरिकलाई खोप लागउने लक्ष्य रहेको छ ।












