Logo

कञ्चनपुर–कमला सडकखण्ड सप्तरीको रुपनीबाट पूर्वतर्फ बिस्तार सुरु

                     
Logo २३ फाल्गुन २०७७, आईतवार ११:४९    

कञ्चनरुप

फागुन २३ गते ।

पूर्व–पश्चिम राजमार्गलाई लेन सडकको विस्तार कार्य सप्तरीको रुपनी बजारदेखि पूर्वतर्फबाट सडक विस्तार कार्य गरिएको छ ।

धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको सडकलाई चार लेनमा विस्तार गर्न लागीएको सडक कुल ८६ दशमलव ८२ किलोमिटर निर्माण छ भने झण्डै २८ अर्ब रुपैयाँमा काम सम्पन्न हुने छ ।

निर्देशनालयका प्रमुख सुरेश पौडेलकाअनुसार सप्तरी र सिराहा जिल्लामा पर्ने कञ्चनपुर–कमला सडक दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको छ । त्यसका लागि कञ्चनपुर–कुशाह खन्डको ४० किलोमिटर र कुशाह–कमला खण्डको ४६ किलोमिटरको दुई प्याकेज बनाइएको छ ।

एसियाली विकास बैंक (एडीबी) निर्देशनालयका अनुसार सडक दायाँ र बायाँ दुई/दुई लेन गरी चार लेनको हुनेछ ।

मुख्य सडकको दुईतर्फ ४÷४ मिटर ठाउँ हरियालीका लागि बिरुवा रोपेर सडकलाई हरियो बनाउने निर्देशनालयको योजना रहेको छ । । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर चौडा हुने जनाएको छ ।

रुपनी गाउँपालिका, अग्नीसाईर कृष्णसवरन गाउँपालिका र कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफलमा र सहजीकरण गरी सडक निमार्ण अवधिमा स्थानिय तहले सहयोग गर्न आग्रह गरेको एसियाली विकास बैंक (एडीबी) निर्देशनालय जनाएको छ ।

चिनियाँ कम्पनीले सडक निर्माणको ठेक्का पाएसँगै सडक विस्तार कार्य सुरु भएको हो ।

ट्राफिक सुरक्षालाई विशेष ध्यान

विस्तारित सडकमा विशेष ट्राफिक सुरक्षा अपनाउने पनि निर्देशनालयले जनाएको छ । पौडेलकाअनुसार सडकमा आठ अन्डरपास, दुई ओभरपास, दुई पैदल यात्री पुल निर्माण गरिनेछ । अन्य स्थानको तुलनामा घनावस्ती भएकोे स्थानहरूमा ओभरपास बनाइनेछ । राजमार्गमा चल्ने गाडी ओभरपासबाट गुड्नेछन् भने स्थानीय सवारी ओभरपासको तलबाट चल्नेछन् । यो व्यवस्था नेपालमै पहिलोपटक ल्याउन लागिएको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?