Logo

समाजिक विकास मन्त्रीद्धारा शिलान्यास र भवन उद्घाटन

                     
Logo २६ फाल्गुन २०७७, बुधबार १९:०७    

कञ्चनरुप

फाल्गुन २६ गते बुधवार ।

प्रदेश नं. २ का माननिय समाजिक विकास मन्त्री नवल किशोर साहले आफु मन्त्री रहे पनि नरहे पनि या पार्टीको शिर्ष पदमा भए पनि नभए पनि सदै जनताको सेवामा छु रहेको कुरा बताएका छन ।

मन्त्री साहले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ स्थित बस्तीपुरको राजाजी मन्दीर र पञ्चकन्या मन्दीर परिसरमा सामुदायिक भवनको सिलान्यास र राजाजी मन्दीर परिसरमा निर्माण भएको जेष्ठ नागरीक भवनको उद्घाटन क्रममा यस्तो बताएका हुन ।

मन्त्री साहले जनताको कामको लगी तथा विकासको हरेका कार्यमा आफ २४सै घण्टा तयारहेको समेत उल्लेख गरे ।

मन्त्री साहद्धारा कञ्चनरुप १२ वडा रहेको नेपाल सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक इकाई कार्यालय राजविराजबाट प्राप्त अनुदान रु १० लाख, ६५ हजार चार सय ५८ रुपैयाँ र पैसठ्ठी पैसामा कन्टेन्जेन्सी कटाएर कुल १० लाखको लागतमा राजाजी मन्दीर निर्माण हुने र सामाजिक विकास इकाई कार्यक्रम अन्तर्गत कुल २० लाखको लागतमा पञ्चकन्या सामुदायिक भवन निर्माण हुने सिलान्यसर गरेका हुन

यसैगरी जेष्ठ नागरीक भवन भने नगरपालिकाद्वारा प्राप्त पाँच लाख बरावरको अनुदानमा निर्माण भएको भवन उद्घटन तथा राजाजी मन्दीरको सिलान्यास र जेष्ठ नागरिक भवन उद्घाटन पश्चात पञ्चकन्या विकास प्रतिष्ठानको सामुदायिक भवन सिलान्यास गरेका हुन

कञ्चनरुपका नगर प्रमुख बसन्त कुमार मिश्र नगर उपप्रमुख निरु पोखरेल,सामाजिक विकास इकाई अधिकृत दुनियालाल यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यहरु अमरेन्द्र झा, कल्पना चौधरी, राज कुमार यादव, दलित विकास समिति सदस्य श्याम सरदार, जिल्ला संयोजक रामेश्वर यादव लगायत जसपाका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?