राजविराज


फागुन २६ गते बुधवार।
सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड लगाईएको छ ।

सप्तरीको राजविराज–८ मदननगरस्थित नेकपा को पर्टी कार्यलयमा नेपका एमाले पार्टी कार्यालय बोर्ड लगाईएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा ओली समूहका कार्यकर्ताले पूर्ववत रुपमा एमाले विउतिएको भन्दै पर्टी कार्यलयमा नेकपा एमालेको बोर्ड लगाएका हुन ।
एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को बोर्ड हटाएर नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सप्तरी लेखिएको बोर्ड राखेका हुन् । यसअघि सो कार्यालयमा पूर्वएमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो ।












