Logo

सरकार–जसपाबीच आज ‘निर्णायक’ वार्ता,

                     
Logo २८ फाल्गुन २०७७, शुक्रबार १०:२३    

काठमाडौं,

फागुन २८ गते शुक्रवार।

सरकारमा सहकार्य गर्ने–नगर्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा( बीच आज (शुक्रबार( पनि वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । जसपाले नेताहरुले पनि आजको वार्ता निर्णायक हुनसक्ने बताएका छन् । सरकार–जसपाको आजको वार्ता राजनीतिक चासोको विषय बनेको छ ।

जसपा नेता कर्णका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए । सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ । आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई कार्यदलमा छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई असन्तुष्ट छन् । प्रधानमन्त्रीसँगको हिजोको छलफलमा पनि जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई अनुपस्थित भएका थिए । डा। भट्टराईले अन्तिम समयमा प्रधानमन्त्रीलाई भेट्न नजाने निर्णय गरेका थिए ।

दिनभरका कार्यक्रमहरुको दौडधुपका कारण शरीरमा थकान र स्वास्थ्य समस्या भएका कारण आफू प्रधानमन्त्रीलाई भेट्न नगएको डा। भट्टराईले बताएका छन् । तर जसपा नेताहरु प्रधानमन्त्रीलाई भेटेर निस्किएपछि डा। भट्टराईले सामाजिक सञ्जालमा लेखेको ‘जसपा मुसा दौडमा छैन है’ भन्दै स्टाटस लेखे । जसले पनि प्रधानमन्त्रीलाई भेट्न नजानुमा स्वास्थ्य समस्या मात्र हो भन्ने देखिंदैन । उनको स्टाटसले जसपाका नेताहरुलाई खबरदारीको संकेत समेत गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमहरुप्रति कडा आलोचना गर्दै आएका छन् । उनले ‘केपी ओलीलाई सत्ताबाट हटाउनु पर्ने’ सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको सडकबाटै विरोध गरेको र ओलीका कदमले देश प्रतिगमनतिर फर्किएको बताउँदै आएका डा। भट्टराई प्रधानमन्त्रीसँगको भेटवार्तामा नजानुको अर्थ उनी ओली सरकारसँग सत्ता सहकार्य गर्ने पक्षमा नरहेको स्पष्ट देखिएको छ । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वित बाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?