Logo

एमालेबाट सरकारको नेतृत्व परिवर्तन भए समर्थन जारी रहने :मातृका यादव

                     
Logo २९ फाल्गुन २०७७, शनिबार १६:५१    

अम्विका दाहाल

राजविराज, फागुन २९ गते शनिवार ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र ‘महागठ’को संज्ञा दिंदै प्रचण्डलाई दुई पटक ठगेको उल्लेख गरेका छन ।

प्रेस संगठन नेपालको सप्तरी शाखाद्वारा शनिवार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले प्रतिपक्षी नेपाली कांग्रेस समर्थन दिन तयार भए आफ्नो पार्टी जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको बताए । नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् । अब माओवादी केन्द्र सरकारवाट समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको छ तर नेकपा एमालेबाट सरकारको नेतृत्व परिवर्तन भए समर्थन जारी रहने उल्लेख गरे ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा बोल्दै नेता यादवले सत्ता नेतृत्वबारे छलफल भइरहेको बताए । उनले भने, ‘यदि कांग्रेसले जसपालाई प्रधानमन्त्री दियो भने हामी पनि तयार हुन्छौं ।’

पार्टी एकिकरणका लागि न्यायिक पुनरावलोकणमा सर्वोच्च जाने नजाने विषयमा कानून विदहरुसँग छलफल भईरहेको र कानून विदहरुको राय बमोजिम पार्टी पुनरावलोकणमा जाने नेता यादवले जानकारी समेत दिए ।

आफ्नो पार्टीसहित कांग्रेस र जसपा मिलेर सरकार बनाउनुपर्ने धारणा उनले राखे । उनले यो सरकार बनेपछि जसपाले राख्दै आएको रेशम चौधरी रिहाइ संविधान संशोधनको कामलाई अगाडि बढाइने बताए । ‘सरकार बनेपछि रेशम चौधरीको रिहाइ हुन्छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुन्छ,’ उनले भने ।

 


लोकप्रिय छुटाउनुभयो कि ?