कञ्चनरुप ।


सप्तरीको कञ्चनुरुप स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
वडा न.–११ ठेलिया स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत ना ६ ख ३४२५ नम्वरको ट्रकले विहान साढे १ बजेतिर ना ६ त ६१९९ नम्वरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया वडा न.८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी घाइते भएका थिए ।
गम्भीर घाइते भएका मन्सुरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धामव प्रसाद काफ्ले जानकारी दिए । ठक्कर दिने ट्रक चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जनाइएको छ ।












