Logo

अग्नीसाईर कृष्णासवरनको एक पशु फर्म आगलागी हुदा ६० लाख बराबरको क्षती

                     
Logo ६ चैत्र २०७७, शुक्रबार १४:५६    

वाई के गुप्ता

महुली

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका एक पशु फर्म आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।

गाउँपालिका वडा नं.५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा एक्कासी विद्युत सर्ट भएर शुक्रबार बिहान आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।

मनोज कुमार साहले संचालनमा ल्याएको पशुफार्ममा बिहान साढे एक बजेको समयमा आगलागी परि २१ थान दुहुना गाई सहित १६ वटा बाछाबाछी जलेर मरेको फार्म स्थानिय प्रदिप आचार्यले बताए आगलागीबाट १० वटा गाईलाई उद्वार गएिको छ भने उद्वार गरिएका गाई समेत जलेर घाईते भएका छन् । गाईलाई बचाउने क्रममा फार्म संचालक दिनानाथ साह घाइते भएका छन । आगलागीमा १० वटा गाई बाहेक अन्य गाई ,भैंसी, दाना, सरसमान र गोठ पुर्ण रुपले जलेर नष्ट भएको पिडित साहले बताएका छन । ३ घण्टा पछि कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बिहान नियन्त्रणमा लिन सफल भएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?