Logo

पिकप गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

                     
Logo १३ चैत्र २०७७, शुक्रबार १८:४४    

वाई के गुप्ता

कञ्चनरुप ।

पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्न्तर्गत सप्तरीको खडक नगरपालिकाको पनसेरामा पिकप गाडीले ठक्कर दिँदा एक जना मोटरसाइकलको मृत्यु भएको छ ।

शुक्रवार पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प। २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकप गाडीले दिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चाम बहादुर राना मगर उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?