Logo

जोशीको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली, अस्पताल कोही टेकेनन्

                     
Logo १४ चैत्र २०७७, शनिबार ०७:१६    

मष्तिष्कघात भएर अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता नवीन्द्र राज जोशीको आज बेलुका ८ बजेर २४ मिनेटमा निधन भयो ।

जोशीको निधन भएको खबर केही बेरमै आगोको मुस्लोझैँ फैलियो ।

अनामनगर पूर्वी गेटमा रहेको केटिएम दैनिकले साढे ८ बजे आसपासमा जोशीको निधनको खबर पाएपछि एक टोली थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पुग्यो ।

हाम्रो टोली त्यहाँ पुग्दा केही प्रेसका साथिहरु अस्पताल पुगिसकेका थिए भने अरू आउने क्रम जारी थियो । केटिएम दैनिकको फेसबुक पेजबाट साढे १ घण्टासम्म प्रत्यक्ष प्रसारण गरिरहँदा नेपाली काँग्रेसका नेता र अन्य नेताहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका थिए ।

हामीले ११ बजेसम्म प्रत्यक्ष प्रसारण गरिरहँदा चिरपरिचित २ जनाको अनुहार बाहेक कुनै पनि नेताको उपस्थिति देखिएन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आउने भनिए तापनि ११ बजेसम्म उनी आइपुगेका थिएनन् ।

काठमाडौँमा रहेका केन्द्रीय नेता तथा कार्यकर्ता निधनको खबरसँगै अस्पताल पुगेर परिवारलाई सहानुभूति दिन सक्थे । पार्टी सभापति शेर बहादुर देउवा नै बुढानिलकण्ठबाट थापाथली आउन सक्थे तर त्यस्तो त्यहाँ देखिएन ।

हामीले प्रत्यक्ष प्रसारण गरिरहँदा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला बाहेक चिरपरिचित अनुहारहरू अस्पतालमा परिसरमा देखिएनन् ।

आज गुडफ्राइडे भएको कारणले पनि केही व्यक्तिहरू नआएको हुन सक्छ भन्दै त्यहाँ उपस्थित केही व्यक्तिहरु मुखामुख गरिरहेका थिए । निधनको खबरसँगै नजिकै रहेको अस्पताल परिसर पुगेर परिवारजनलाई सहानुभूति दिनबाट नेताहरू चुकेकै हुन् ।Ktm dainik


लोकप्रिय छुटाउनुभयो कि ?