Logo

युवा संघ नेपाल कैलालीले गर्‍यो अध्यक्ष ओलीको पुतला दहन

                     
Logo १७ चैत्र २०७७, मंगलवार १९:१०    

कैलाली ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रधानमन्त्री ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघ नेपालले धनगढीमा उनको पुतला दहन गरेको हो।

युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले अध्यक्ष ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावलमाथि कारबाही गरेको भन्दै विरोधमा पुतला दहन गरिएको बताए। उनले भने,‘अध्यक्ष ओलीले नेताद्वय नेपाल र रावललाई जनभावना विपरीत कारबाही गरे, त्यसको फलस्वरुपः हामीले पुतला दहन गर्‍यौँ।’ पुतला दहनपश्चात् युवा संघका नेता तथा कार्यकर्ताले केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। धनगढीको एलएन चौकमा बेलुकी चारैतिरबाट आएका कार्यकर्ताले कडा सुरक्षा निकायकाबीच प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्। नागरिकबाट


लोकप्रिय छुटाउनुभयो कि ?