Logo

मंगलबार १६७ जनामा कोरोना, ११५ जना निको, ३ को मृत्यु

                     
Logo १७ चैत्र २०७७, मंगलवार १९:५५    

3D illustration

काठमाडौँ, ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० जना रहेको छ ।

२४ घण्टामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६७ हजार ४ सय ८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?