रौतहट ।


नेपाल पत्रकार महासंघको रौतहट शाखाको मतदान सम्पन्न भएको छ ।मतदान विहान विहान ९ बजे देखि सुरु भई दिउँसो २स्४५ मा सम्पन्न भएको छ । मतदान सकिने लगतै एक सुचना जारी गरि निर्विरोध निर्वाचित भएका १५ जना पदाधिकारी सदस्यहरुको नामावली प्रकाशित गरिएको छ । निर्विरोध निर्वाचित हुनेहरुमा सह सचिव खुला पदमा दिपेश पौडेल,सदस्य जनजाति मा प्रकाश श्रेष्ठ,अपांग सदस्यमा उमेश यादव,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,दलित सदस्यमा राम प्रवेश बैठा,खुला सदस्य द्वय राकेश यादव र रामपुकार राउत,राष्ट्रिय परिषद सदस्य हरुमा अशोक कुमार पहाडी,उतम कुमार उपाध्याय,रामएकवाल साह,विकाश अग्रवाल रहेका छन् । त्यस्तै प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी,राजेन्द्र कुमार क्षेत्री,विवेक अधिकारी,गोपाल आचार्य रहेको नेपाल पत्रकार महासंघ निर्वाचन कार्यालय रौतहट शाखाका निर्वाचन अधिकृत विनय कुमार लाल दास द्वारा हस्ताक्षरित सुचनामा उल्लेख रहेको छ । bajjikanchal












