Logo

कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी र जसपालाई देउवाको प्रस्ताव, जसपाले माग्यो समय

                     
Logo २७ चैत्र २०७७, शुक्रबार १८:५६    

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० लाई आफ्नो पार्टीको नेतत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भए पनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै सहमति भएन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ।

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए ।

माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ । बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको प्रवक्ता शर्माले जानकारी दिए। ‘यसबारे थप छलफल गर्न जसपाका साथीहरुले थप समय माग गर्नुभएको छ’, प्रवक्ता शर्माले भने, ‘बैठक पुनः बस्ने सहमतिका साथ सकिएको छ ।’ नथाँ पेज


लोकप्रिय छुटाउनुभयो कि ?