Logo

ओली राज्य सत्ता कब्जा गर्न अघि बढिरहे विद्रोहमा जानु पर्ने अवस्था आउन सक्छ :प्रचण्ड

                     
Logo २८ चैत्र २०७७, शनिबार १५:३६    

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधानलाई मिच्ने कोशिस जारी रहे नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताए ।

यस्तै कर्मचारीतन्त्रलाई आतंकमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको पनि बताए । उनले भने, ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरूको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा प¥यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरूलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोशिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको छ । राज्यका सबै अङ्गहरूमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्ने कुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’

सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि प्रचण्डले दावी गरे । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको पनि बताए । naya page


लोकप्रिय छुटाउनुभयो कि ?