Logo

लहानका सुनचाँदी व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

                     
Logo २९ चैत्र २०७७, आईतवार १०:१७    

लहान

सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनो सहित पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

यस्तै, लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान करिब ४ :३० बजे पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी ४५ वर्षीय मिझारलाई को हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?