Logo

डाक्नेश्वरी नपाको औरहीको वडा विना सूचना बन्द सेवाग्राहि मारमा (भिडियो सहित)

                     
Logo ३ बैशाख २०७८, शुक्रबार १७:३१    

महेन्द्र सदा

पातो

सप्तरीको डाक्नेश्वरी नगरपालीका वडा नं. ६ औरहीको वडा कार्यालय विना सूचना बन्द हुँदा वडाबासी मारमा परेका छन ।

उक्त्त वडा कार्यालयमा केहि दिन देखी राष्ट्रिय परिचाय पत्र बनाउने कार्यक्रम सञ्चालन हुदै आएकोमा कर्मचारीहरु विना सूचना कुनै जानकारी नदिई मनोमानी लापरबाही गैर जिम्मेवारी रुपमा कार्यालय बन्द गर्दा यस वडाका विभिन्न टोलका जनताहरु मारमा परेका छन ।

कटैया, फत्तेपुर,औरही,विसनपुर र बथनाहका गरि १ सय भन्दा बदि कार्यालय बन्द हुदा सेवाबाट बञ्चीत भएका छन । कार्यलयका जिम्मेवार कर्मचारीहरु तथा वडा सचिव धर्मदेव यादवलाई सम्पर्क गर्न फोन उठाएको स्थानियको गुनासो रहेको छ ।

वडा अध्यक्ष रामनारायण यादवका अनुसार कर्मचारीहरु आज आउदैन्न बरु आजको काम अर्काे दिन गरिदिने बताए । नगर प्रमुख शिवनारायण साहका अनुसारका  कार्यवाही गर्ने बताए ।

यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गर्दा आवश्यक कार्यवाहि गर्ने जानकारी गराए ।

https://youtu.be/hvRSqSJO8pg

 


लोकप्रिय छुटाउनुभयो कि ?