Logo

सप्तरीमा छुट्टा छुटै घटनामा दुई जनाको मृत्य

                     
Logo ३ बैशाख २०७८, शुक्रबार १६:०३    

कञ्चनरुप ।

सप्तरीमा छुट्टा छुटै घटनामा परि दुई जनाको मृत्यभएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ६५ वर्षीय नारायण प्रमानी राजधोबमाथि हात्तीले आक्रमण गरेको हो ।

खेतमा लगाएको गहुँ बाली जोगाउन पहरा दिर्द गरेका राजधोब कोशी टप्पु वन्यजस्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट उनको खेतमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । सवको प्रकृती र वरी परि जाचँ प्रताल गर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।

शवलाई पोष्टमार्टमको लागि अस्पतालतर्फ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

यस्तै पूर्व पश्चिम राजमार्ग सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वतर्फ गइरहेको ना ६ ख ७८९२ नम्वरको बसले विपरित दिशाबाट आउदै गरेको स१च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सिरहाको सुखिपुरका ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । ठक्कर दिने चालक फरार रहेकाले खोजी कार्य भरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?