Logo

माधव नेपालसहित २० नेतालाई अन्तिमपल्ट स्पष्टिकरण सोध्ने वैठकको निर्णय

                     
Logo ६ बैशाख २०७८, सोमबार १७:२७    

g]skf bfxfn, g]kfn ;d"xsf cWoIf g]kfn sf7df8f}F !) k; M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfn, g]kfn ;d"xn] z'qmaf/ cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} cWoIf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई कडा कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपाललगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

नेपाल समूहले ९माओवादी केन्द्रका अध्यक्ष० प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा दुई मुखे प्रवृत्ति रहेको आरोप लगाए । प्रचण्डमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने, तर अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने रु,’ प्रधानमन्त्री ओलीले भने ।

माधव नेपालसहित २० जनालाई अन्तिमपल्ट स्पष्टीकरण सोधिने

नेकपा एमालेले मावधकुमार नेपालसहित २० जनालाई अन्तिमपल्ट स्पष्टीकरण सोध्ने भएको छ । नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे गरी चार जना, प्रकाश ज्वालासहित पाँच जना र यो काम गर्न लगाउने थप २० जनालाई २ दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्न निर्णय भएको छ । उनीहरुलाई १० गतेको बैठकबाट कारबाही गरिने तयारी छ । कानुनअनुसार सफाइ प्रस्ताव पेस गर्ने मौका दिइएको हो । naya page


लोकप्रिय छुटाउनुभयो कि ?