अम्विका दहाल


राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नवनिर्वाचित पदाधिकारीहरुले सोमबार पद भार ग्रहण गरेका गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका प्रेस स्वतन्त्र सेनानी एवं निर्वाचन समितिका संयोजक बैजनाथ झाले एक कार्यक्रमका विच सोमबार प्रमाण–पत्र वितरण तथा पदस्थापना समारोहमा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्रसहित पदस्थापना गराए ।

सम्पन्न समारोहमा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराई, आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका निर्वातमा केन्द्रिय सदस्य अवधेश झा, सप्तरीका प्रजिअ फनिन्द्रमनि पोखरेल महासंघका पूर्वअध्यक्ष विष्णु कुमार मण्डल, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा लगायतका वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सोही समारोहमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले पूर्व अध्यक्ष, नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।
गत चैत २५ गते सम्पर्क निर्वाचनबाट अध्यक्षमा श्रवण कुमार देव निर्वाचित हुनुभएको छ । १६ सदस्यीय कार्य समिति, ७ प्रदेश सभासद्य र ३ केन्द्रिय सभासद्हरुको चयनका लागि सम्पन्न निर्वाचनमा देवले ५२ मत ल्याई विजय भएका हुन ।
यस्तै उपाध्यक्षमा वैद्यनाथ यादव महिला उपाध्यक्षमा अम्विका दाहाला, सचिवमा रामनारायण विश्वास, सह–सचिवमा चन्दन कुमार यादव, समावेशी सह–सचिवमा गोपाल गुप्ता, र कोषाध्यक्षमा नविन गुप्ता बिजयीका हुन ।
यसैगरि सदस्यहरुमा मधेशीतर्फ परिष कुमार कर्ण, आदिबासी जनजातितर्फ कृष्णा मण्डलल खुल्लातर्फ दिनानाथ यादव, विद्यानन्द राम, राजेन्द्र कुमार मिश्र, खगेन्द्र कार्की विजयी हुनुभयो ।
यसअघि महिला सदस्यमा रेशमि झा, दलित आरक्षण कोटामा राज कुमार पासवान निर्विरोध भएका छन् ।
सम्पन्न निर्वाचनमा महासंघमा कायम भएको कुल १०० सदस्य मध्ये ९८ सदस्यले मतदान गरेको निर्वाचन समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए












