Logo

सप्तरीमा तीन जनामा कोरोना संक्रमण देखिए

                     
Logo ७ बैशाख २०७८, मंगलवार १९:२२    

कन्चनरुप ।

सप्तरीमा मंगलवार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।

राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी–३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?