Logo

आज अधिराज्य भरीमा २ हजार ,३सय ५१ कोरोना संक्रमित थपिए

                     
Logo ८ बैशाख २०७८, बुधबार १८:२६    

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?