Logo

निर्णायक मोडमा एमाले विवाद

                     
Logo ८ बैशाख २०७८, बुधबार १८:४४    

नेपाली काँग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याउन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेसन अन्त्य गरिदिए । नेपाल पक्षबाट सहयोग हुने आश्वासन पाएपछि नै देउवा अविश्वास प्रस्ताव दर्ता गर्न तयार भइरहेका थिए । ओलीले त्यही बेला संसद अधिवेशन अन्त्य गरिदिए । ओली समूहले स्पष्टीकरण सोध्नुको पछाडि अविश्वासको प्रस्ताव आए नेपाल समूहका नेताले सघाउने शंका नै प्रमुख हो ।

बजेट अधिवेशन नजिकिदै गएकोले सम्भवत संसद छिट्टै बोलाइने छ । अविश्वास प्रस्तावको हल्लाले ओलीलाई निकै हल्लायो । उनले संसद अधिवेशन मात्रै अन्त्य गरेनन्, पार्टीभित्रै समानान्तर गतिविधि गरिरहेका एमालेकै खनाल–नेपाल समूहका सांसदलाई पनि स्पष्टीकरण सोधेका छन् । संसदभित्र आफूविरुद्धको गठबन्धनलाई सघाउन एमालेबाटै ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहका सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेका छन्। कर्णालीमा सरकार निर्माणका लागि आफ्नै पार्टीको बहुमत हुँदाहुँदै खनाल–नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गर्दा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको छ ।

खनाल–नेपालसहितका २७ जना संघीय सांसद र कर्णाली प्रदेशका पाँच जना गरी कूल ३२ जनालाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनीसमेत दिइएको छ । आफ्नो समूहमा आउन नमानेका र आफूलाई धोका दिने सम्भावना रहेका सांसदलाई उनले ‘संसदको सदस्य पदबाट किन नहटाउनेरु’ भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेका हुन् ।

नयाँ पार्टीको अभ्यास गरिएको दाबी पनि स्पष्टीकरण पत्रमा छ । चित्तबुझ्दो जबाफ नआए सांसद पदबाटै हटाउने धम्की पनि पत्रमै दिइएको छ । संसदीय दलको नेताको हैसियतमा ओलीले संघीय सांसदलाई सोधेको तीनपाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरूपयोग गरी अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ । नेपाल पक्षधर नेताहरूले गठन गरिरहेको समानान्तर कमिटी र विभिन्न कार्यक्रमलाई ओली समूहले राजनीतिक दल गठनको पूर्वअभ्यासका रूपमा व्याख्या गरेका छन् ।

यता नेपाल समूह पनि स्पष्टीकरण दिन तयार भएको छ । उसले स्पष्टीकरण दिएर पार्टीमै संघर्ष जारी राख्ने निष्कर्षसमेत निकालेको छ । उक्त समूहको आकस्मिक बैठकले स्पष्टीकण दिने, कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि सांसद रामकुमारी झाँक्रीले अवैधानिक कदमविरुद्ध राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताइन् । नेतृ झाँक्रीले ओलीले कारबाही गरे त्यसविरुद्ध अदालत जाने बताइन् । खनाल–नेपाल समूहको बैठकले छुट्टै पार्टीको अभ्यास नगरेको निष्कर्ष निकालेको छ ।

पछिल्ला यी घटनाले एमाले विवाद उत्कर्षमा पुगेको स्पष्ट देखाउँछ । उनीहरुका गतिविधि हेर्दा मिल्न सक्ने अवस्था न्यून छ । माधव नेपाल र झलनाथ खनाल ओलीसँग मिल्नै नसकिने निष्कर्षमा पुगेका छन् । ओली पक्ष पनि खनाल–नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा छ । ओली समूहमा रहेका दोस्रो तहका नेता पनि खनाल–नेपाललाई भित्र्याउन नहुने पक्षमा छन् ।

धेरैजसो नेता कार्यकर्ता पार्टी विभाजन गर्न नहुने पक्षमा रहे पनि विवाद सल्टाउन गरिएका प्रयास असफल भइरहेका छन् । यसमा उनीहरुका आफ्नै स्वार्थ छन् । तर, नेपाल पक्षका दोस्रो तथा तेस्रो तहका नेताहरु एमाले फुटाउनेमा एक मत देखिएका छैनन् । फुट्नै पर्ने अवस्था आए उनीहरु ओली समूहमै फर्किने सम्भावना समेत छ । ओलीको रणनीति पनि सकेसम्म आउनेजतिलाई ल्याउने र बाँकी रहेकालाई कारबाही गर्ने योजना रहेको बुझिएको छ ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । पार्टीको विवाद समाधानका लागि खनाल–नेपाल पक्ष निर्वाचन आयोगसमेत पुग्यो । आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझायो । फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण नगर्ने उनीहरुको माग छ । समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरूपणको माग गर्दै आयोगमा निवेदन दिएको हो ।

अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गरेकाले ती निर्णय पार्टी विधान विपरीत भएको उनीहरुको तर्क छ । तर, बैठकको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले निर्णय दिन सकेको छैन । एमालेमा देखिएको विवादलाई पनि आयोगले लम्ब्याउने संकेत छ । यसबाट पनि तत्कालै निर्क्यौल हुने अवस्था छैन । अब नेपाल पक्षसँग धेरै विकल्प छैनन् । निर्णायक मोडमा खनाल(नेपाल पक्षसँग मात्रै दुई विकल्प छन् । एक आफै आत्मालोचना गरेर ओलीको शरणमा जाने । उनले जे जिम्मेवार दिए चुप लागेर बस्ने । यो सम्भावना एकदमै कम छ । किनकी नेपालले ओलीले पनि गल्ती सच्याउनुपर्ने माग राखेका छन् । जुन ओली तयार छैनन् । अर्को अन्तिम विकल्प पार्टी फुटाउने मात्रै हो । फुटिसकेपछि उनी नयाँ पार्टी गठन गर्न पनि सक्छन् । खनाल–नेपाल पक्षले माओवादी ९केन्द्र० सँग एकता गरेर नयाँ दल बनाउने चर्चा पनि छ । ktm daink


लोकप्रिय छुटाउनुभयो कि ?