Logo

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सेवाका लागी नयाँ मापदण्ड

                     
Logo १० बैशाख २०७८, शुक्रबार १९:४१    

अम्विका दहाल

राजविराज ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि सेवा अवधिका दिनहरु तय गरेको छ ।

कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न कार्यालयले शुक्रवार सूचना जारी गर्दै थप सतर्कतासहितको मापदण्ड सर्वजनिक गरेको हो ।

उक्त मापदण्ड आगामी आइतवार (वशाख १२ गते)बाट लागु हुने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । सूचनामाआईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिका बासिन्दाहरुको मात्र कार्य सम्पादन हुनेछ ।

त्यसै गरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य हुने सूचनामा उल्लेख छ ।

कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोग अनिवार्य  छभने २ मिटरको दुरी कायम गरी स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्न भनिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?