Logo

सप्तरीमा ६ जनामा कोरोना संक्रमण थपिए

                     
Logo १० बैशाख २०७८, शुक्रबार २०:०३    

अम्विका दहाल

राविराज।

सप्तरीमा ६ जनामा कोरोना भाइरस (कोभिड–१९ (संक्रमण पुष्टि भएसगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

आज राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जनाएका छन । संक्रमण पुष्टि हुनेमा राजविराज नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक ५५ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी राजविराज–५ का २१ र २५ वर्षीय पुरुष, वडा नम्वर ११ का ६२ वर्षीय पुरुष र खडक नगरपालिकास्थित कल्याणपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?