Logo

देश भरी २ हजार ५ सय ५९ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

                     
Logo १० बैशाख २०७८, शुक्रबार २०:४०    

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २,५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा पाँच जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?