काठमाडौं-शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहासिक धरहराको उद्घाटन गरे । उक्त उद्घाटन कार्यक्रमका क्रममा अत्यन्त सीमित मान्छे बोलाउने भनिए पनि निकै भीड देखियो ।


उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टोली र मिडयाकर्मी तथा अन्यहरूको निकै ठूलो भीड लाग्यो । पटक(पटक भौतिक दूरी कायम गर्न भनेर सरकारद्वारा नै भनिए पनि सरकारकै कार्यक्रम तथा समारोहमा भने दूरी कायम भएको देखिएन । सरकार आफैँले २५ जनाभन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी कायम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा भने सयौँ मान्छेको भीड देखियो ।
उद्घाटन गर्दा होस् या लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छतबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्दा होस्, प्रधानमन्त्री नै भीडले घेरिएको देखिन्थ्यो । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको उक्त कार्यक्रममा देखिएको भिडले कोरोना संक्रमण बढाउन सक्ने देखिन्छ ।

केहीले भने कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको समयमा प्रधानमन्त्रीले भर्चुअल रुपमा धरहराको उद्घाटन गर्नुपर्ने समेत बताइरहेका छन् । फ्रन्टलाइनमा खटिने फोटो पत्रकारहरु सबैभन्दा बढी जोखिममा परेका छन् । २ दिनअगाडी गोरखापत्र संस्थानमा कार्यरत ३ पत्रकारहरुमा कोरोना देखिएको थियो ।
[caption id="attachment_7889" align="alignnone" width="1024"]
[/caption]












