अम्विका दहाल


राजविराज । ।
सरकारले वैशाख ६ गते जारी गरेको आदेशमा सार्वजनिक स्थलहरूमा भिडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरूको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।

नेपालमा पनि दोस्रो लहरको सङ्क्रमण फैलिन थालेपछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गराएको छ । राजधानी सहित ठुला सहरका विद्यालय बन्द गरिएको छ भने २५ जना भन्दा धेरै व्यक्तिलाई भेला हुन दिइएको छैन । साथै सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।
भारतमा कोरोनाको दोस्रो लहरले निम्त्याएको दर्दनाक अवस्थाबारे हामी समाचार पढि रहेका छौ र हेरिरहेका छौ । नेपालमा पनि पछिल्लो समय सङ्क्रमण भयावह बन्दै छ । हामी सतर्क नभए भारतकै अवस्था आउन धेरै समय लाग्दैन । अरूका लागि नियम मात्रै बनाएर हुँदैन । सरकारले पनि स्वास्थ्य मापदण्ड उल्लङ्घन हुने कुनै कार्य गर्नु हुँदैन । आम नागरिकले त झन् गर्नै भएन । स्वास्थ्य मापदण्ड पालना गर्ने हामीले हाम्रै लागि हो । जीवन रहे पो जगत् देखिन्छ । भोलि देख्न पाइन्छ । सचेत बनौँ सतर्क रहौँ । यी त भन्ने कुरा र सुनाउने कुरामात्र भएको देखिन्छ ।
जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने आदेश गरिएकोमा हजारौँको भीड जम्मा गर्न सरकारी संयन्त्र नै लाग्नु लज्जास्पद भएको हो ।
काठमाडौँदेखि चितवनसम्म रथयात्रामा तामझाम र भिडभाड गरियो । नेपाली समाजमा एउटा उखान छ, ‘जो अगुवा उही बाटो‘।’ आफ्नै नेतृत्वमा जारी गरिएको आदेश प्रधानमन्त्री ओलीकै अगुवाइमा उल्लङ्घन भइरहेको छ । सरकारी निकायकै जोड बलमा हजारौँ व्यक्ति मूर्ति लिएर देवघाटबाट माडीको अयोध्यापुरी पुगेका थिए ।
मापदण्ड सार्वजनिक गर्दै उल्लङ्घन गर्नेहरूलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो । सरकारी आदेश एवं स्वास्थ्यका मापदण्डहरू पालना भएरनभएको अनुगमन गर्ने र कारबाही गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । सरकारलाई कसले कारबाही गरोस् । नेपालमा ऐन, नियम कानुन त सानालाई पो हो । आदेशको प्रथम उल्लङ्घनकर्ता प्रधानमन्त्री ओलीलाई कसले कारबाही गर्छ । के कारबाही हुन्छ ? कानुन जनतालाई पो लाग्छ ।।।।
आदेशको सरकारी निकाय र सरकारका उच्च पदस्थ अधिकारीले नै अटेरी गर्दै आएका छन् । स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै गुनासो गरेको ओली शनिवारै दिउँसो भने दलबलसहित धरहरा उद्घाटन गरेर त्यहाँ पुगेका थिए ।
तनहुँको देवघाटमा रथयात्रा आइपुग्दा सयौँको भीड स्वागतमा खटियो । त्यो भीडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि सहभागी थिए । भौतिक दूरी कायम गर्नुपर्ने न्यूनतम मापदण्डको पनि बेवास्ता गरी बिना मास्क सयौँको भीडमा व्यस्त थिए । मन्त्री नै यसरी प्रस्तुत हुँदा अन्य नागरिकले त जनस्वास्थ्य मापदण्डको पालना गर्ने कुरै भएन ।
यस्तै बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले १५ बुँदे निर्णय गरे । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्री पसरिषदको गत सोमवार (वैशाख ७ गते) बसेको बैठकबाट भएको १५ बुँदे निर्णय सार्वजनिक गर्दै कडा रुपमा कार्यान्वयन गर्न÷गराउन प्रशासनले निर्देशन पनि मुख्य जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालयमा आइतबार दिउँसो ११ बजे । कार्यालयमा सेवाग्राहीको निकै ठूलो भीड थियो ।
जिल्ला प्रशासन कार्यालयले रुपनमा गएर भिड भाड नर्गभन्दै माक्स नलगाउनेलाई जरिवाना गरेको र सर्वजनिक सवारी साधनमा समेत चेक जाचँ गर्र्दै आएका देखीयो । यो कस्तो नियम हो ? आफनो आङको भैसी नदेख्ने अरुको आङ जुम्रा ?












