Logo

२४ घन्टामा कोरोनाबाट २८ जनाको निधन ,संक्रमितको संख्या ३ लाख नाघ्यो

                     
Logo १२ बैशाख २०७८, आईतवार १८:१७    

काठमाडौं-नेपालमा कोरोना भाइरसबाट वितेको २४ घन्टामा २८ जनाको निधन भएको छ । लामो समयपछि एकैदिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

२०७७ साल कात्तिक १७ गते नेपालमा कोरोनाभाइरसबाट ४३ जनाको ज्यान गुमेको थियो भने मंसिर १५ गते ४२ जनाको ज्यान गएको थियो ।आजको मृत्युदर २०७७ साल मंसिर २३ गतेपछिको उच्च हो । उक्त दिन ३४ जनाले ज्यान गुमाएका थिए । त्यसपछि आजकै दिन सबैभन्दा बढी व्यक्तिको ज्यान गएको हो ।

पहिलो कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको ४६१ दिनपछि नेपालमा ३ लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये ९२ दशमलव ४९ प्रतिशत अर्थात २ लाख ७७ हजार ५७३ जना संक्रमण मुक्त भइसकेका छन्, १ दशमलव शून्य ५ प्रतिशत अर्थात ३ हजार १६४ जनाले ज्यान गुमाएका छन् । अहिले पनि ६ दशमलव ४६ प्रतिशत अर्थात १९ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?