कञ्चनरुप


सप्तरीमा पछिल्लो २४ घण्टामा आइतवार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुदा एकै परिवारका ११ जना रहेको पुष्टि भएको छ ।
डाक्नेश्वरी नगरपालिका तरहीका एकै परिवारका ११ जनामा संक्रमण पुष्टि भएको जसमा ७ महिला र ४ पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

यसैगरी राजविराज–९ की एक महिला, हनुमाननगर कंकालिनी नगरपालिका–४ का एक तथा विष्णुपुर गाउँपालिका–१ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ जना पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।












