Logo

जनस्वास्थ्यको मापदण्ड पालना गराउन सप्तरीका प्रजिअ सडकमा

                     
Logo १२ बैशाख २०७८, आईतवार २०:२४    

वाई के गुप्ता

कञ्चनरुप

जनस्वास्थ्य मापदण्डलाई पालना गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारीको अग्रसरता मास्क खोइ अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी , जिल्ला प्रहरी कार्यालय सप्तरी,जिल्ला ट्राफिक प्रहरी कार्यालय र सस्त्र प्रहरी बलले संयुक्त रुपमा सो अभियान थालेका हुन् । सप्तरी सदरमुकाम राजविराज ,रुपनी ,बिरेन्द्र बजार ,रुपनगरमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स वितरण गरिएको थियो । माक्स नलगाई हिंडे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भनि सचेत गराइएको समेत सप्तरी प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेल ले जानकारी गराए ।

सुरक्षा अधिकारीसहित अनुगमनमा निस्केका उनले राजविराजका पसल तथा बाटोबाट हिंडने बटुवालाई मास्क लगाउन आग्रह गर्दै नलगाउनेलाई नयाँ मास्क उपलब्ध गराएका छन् ।

मास्क नलगाई सवारी चलाउँदै र यात्रा गर्दै आएकालाई आगामी दिनमा मास्क विना यात्रा नगर्न सचेत गराउँदै उनीहरुलाई मास्क समेत वितरण गरिएको पोखरेलले बताए ।

मास्क दिंदै सचेत गराउदै भोलि बाट अझ ससक्त बनाउने र मस्क न लगाई हिड्ने लाई एक महिना जेल र १०० रुपैया सम्म जरिवाना हुन सक्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?