वैशाख लागेपछि पनि बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । वैशाख पहिलो सातामा मात्रै वाणिज्य बैंकहरुले १८ अर्बले कर्जा विस्तार गरेका छन् । कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिए पनि निक्षेपमा वृद्धि भने न्यून देखिएको छ ।


एक सातमा १८ अर्बले कर्जा विस्तार गरेका बैंकहरुको निक्षेप संकलन भने ५ अर्बले संकुचन आएको छ । पछिल्लो समय राजश्वको रुपमा सरकारी कोषमा रकम थुप्रिएको तर सरकाले पुँजीगत खर्च बढाउन नसक्दा बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएको छ ।













