कन्चनरुप -२४ घन्टामा ३ हजार ५ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ४ सय पिसिआर नमूना परिक्षण गर्दा ३ हजार ४४३ र ८ सय ९३ जनाको एन्टिजेन परिक्षण गर्दा ११४ गरी कूल ३ हजार ५५६ जनामा भाइरसको संक्रमण देखिएको छ ।
आज थप १२ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जनाएको छ । आज ३७८ जना संक्रमणमुक्त भएका छन ।

अहिलेसम्म कूल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ जसमध्ये २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भइसकेका छन् ।
आज भेटिएका संक्रमितमध्ये ४० वर्ष उमेर समूहका २ हजार ४९ जनामा भाइरसको संक्रमण देखिएको छ ।
३० देखि ३९ वर्ष उमेर समूहका ८५० जना, २० देखि २९ वर्ष उमेर समूहका ८६३, १० देखि १९ वर्ष उमेर समूहका २७३ र ९ वर्ष भन्दा कम उमेर समूहका ६३ जनामा भाइरसको संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।












