Logo

देशभर ४ हजार ८ सय ९७ संक्रमित थपिए ,१७ जनाले ज्यान गुमाए

                     
Logo १५ बैशाख २०७८, बुधबार १९:३८    

कञ्चनरुप ।

बुधबार नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पछिल्लो २४ घन्टामा १७ जनाको निधन भएको छ भने ७७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

कोरोना भाइरस संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ बुधबार ४ हजार ५२४ जनामा संक्रमण देखिएकोमा आज संख्या झन् बढेको छ ।

यो सहित कूल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ जसमध्ये २ लाख ७९ हजार २७९ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार २११ जनाले ज्यान गुमाइसकेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?