अम्विका दहाल


राजबिराज
सप्तरीमा आज (शुक्रवार) पिसिआर परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म सप्तरीमा ४२ जनाले ज्यान गुमाइसकेका छन ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५९ जनाको पिसिआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख
दुनियालाल यादवले जानकारी दिए।
यादवका अनुसार राजविराज १४ जनामा संक्रमण देखिएको हो । राजविराज नगरपालिका वडा नम्वर १ का ६० वर्षीय, २ का १५ वर्षीय, ३ का ३४ वर्षीय, ५ का ४२ र ७० वर्षीय, ७ का ३५ र ४० वर्षीय, वडा नम्वर ८ का २२ र ३१ वर्षीय महिला तथा ४०–४० वर्षीय दुई जना पुरुष, ९ का ६० वर्षीय, १० का २५ र ११ का ४२ पुरुषमा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।
यसै गरी डाक्नेश्वरी नगरपालिका–३ का ४८ वर्षीय र ९ का ३० वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–५ का ३८ र ७ का ३० वर्षीय पुरुष, खडक नगरपालिका–९ का २२ वर्षीय पुरुष, बलान विहुल विहुल गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ५८ वर्षीय र ६० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष, राजगढ गाउँपालिका–४ का १९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का ५१ वर्षीय पुरुष र अग्निसाइर कृष्णासवर गाउँपालिका–१ का ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा संक्रमीत हुनेमा मेछापकी एक ३० वर्षीया महिलामा रहेकोे स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।












