अम्विका दहाल


राजविराज ।
सप्तरीमा २ जना नर्सिङ स्टाफसहित ७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार साँझ गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
अस्पतालको प्रयोगशालामा १० जनाको परीक्षण गर्दा ७ जना कोरोना संक्रमित पुष्टि हुदाँ अस्पतालका २ जना नर्सिङ स्टाफ समेत रहेका छन । नर्सिङ स्टाफ संक्रमित पुष्टि भएपछि अस्पतालको सेवा समेत प्रभाव पर्ने सम्भावना देखिएको छ ।












