Logo

कोरोनाबाट थप ३५ जनाको मृत्यु, ४ हजार ९ सय २८ संक्रमित थपिए

                     
Logo १६ बैशाख २०७८, बिहीबार २०:०५    

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

योसहित कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ जसमध्ये २ लाख ८० हजार १६७ जना भाइरसमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?